काठमाडाैं – सैनिक पूर्व तालिम लिएर कक्षा ८ की छात्रा खुश्वु मादेनले हवल्दारको दर्ज्यानी चिन्ह प्राप्त गरेकी छन् । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको ४७ औं जुनियर डिभिजन तालिममा ताप्लेजुङको लिटिल बुद्ध माविकी सिक्कुम इवासाम लिम्बु सर्वोत्कृष्ट घोषित भई क्याडेट सिनियर अण्डर अफिसरको दर्जा पाएसँगै खुश्बु र हेना मादेन हवल्दार भएकी हुन् ।
उनीहरूलाई मंगलवार आयोजित दीक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिनीपति विष्णुकुमार खड्काले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सैनिक पूर्व तालिमको १०० दिने कोर्षमा छात्रतर्फ जाल्पा मावि खोटाङका विनोद तामाङले कम्पनी जुनियर अण्डर अफिसरको दर्ज्यानी चिन्ह पाए ।
विद्यावर्धन मावि पाँचथरकी नेहा राईले बेष्ट स्पीकर क्याडेटको उपाधी हासिल गरीन् । ४७ औं जुनियर डिभिजनमा ११ जिल्लाका १५ विद्यालयका कुल ५३८ विद्यार्थीले तालिम लिएका छन्।
एनसीसीको जुनियर डिभिजनमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई तालिम दिइन्छ। कक्षा ११ र १२ तहका विद्यार्थीलाई सिनियर डिभिजनमा सहभागी गराइन्छ। तालिमका लागि कुनै शुल्क लाग्दैन।
मोरङको याङशिला कालोपानी स्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा हुने आवासिय तालिममा सैनिक पोशाक, खेलकुदका पोशाक, बुट लगायतका आवश्यक बन्दोबस्तीका सामान सेनाले दिन्छ। दैनिक खाजा, खाना सैनिक मेसमा चल्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****