विवाह गर्न हतार भयो तर केटा नपाएर हैरान छु

मनोरञ्जन समाचार

Sharing is caring!

पाली चलचित्रकी एउटा शुशिल अभिनेत्री हुन निता ढुंगाना । उनले अभिनय गरेको कतिपय चलचित्रहरुले राम्रो व्यापार गरे भने कतिपय चलचित्रले औसतमात्रामा पनि व्यापार गरेका छन । नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् ।

निता दुंगानाले क्यानाडा नेपाल यु ट्युव च्यानल सँग कुराकानी गर्दै भनिन्, मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ। खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन । मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ ।

नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन। उनले खाली समयमा बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय पनि गरेकी छिन । निता भन्छिन्, सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो । त्यस पश्चात पैसा नि कमि भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन ।

अहिले आएर सबै कुरा मिलेको छ । निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन । निताले अहिले सम्म दबाब नोटबुक निर्भय म बिर्सु कसरी मसान ६ एकान ६ भुल भुलैया साईनो लगायतका थुपै्र चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।

यो पनि पढ्नुहोस तपाई अधिकाशं महिलालाई आफ्नो वजन अर्थात मोटोपन घटाउन चिन्तित रहेको पाउनु भएको होला । अधिकाशं मानिस पातलो र जिरो साइजको शरीर मन पराउँछन् । तर विश्वमा एउटा यस्तो देश छ जहाँ मोटो शरीर भएका महिला मन पराइन्छ । यस देशमा महिलाहरु सकेसम्म मोटो हुन मेहनत गर्दछन् ।

मौरिसस नामक देशमा मोटो शरीर भएको महिलासँग विवाह गर्न धेरैले रुचाउने गर्दछन् । यस देशमा मोटो शरीर भएका महिला भाग्यशाली मानिन्छन् । त्यसैले मौरिससका महिला आफूलाई सकेसम्म मोटो बनाउन प्रयाशरत रहने गर्दछन् । मौरिससमा विवाहको समयमा महिलाको शरीर मोटो देखिएमा ससुराल (घर पक्षका मानिस) खुसी हुन्छन् ।

उनीहरु बेहुली मोटी होस् भन्ने चाहन्छन् । त्यसैले यहाँ पातली भन्दा मोटी महिलालाई धेरैले मन पराउँछन् । उनीहरुको रीतिरिवाज र परम्परा अनुसार मोटी महिला समृद्धि र खुसी लिएर आउने मान्यता छ । त्यसैले यस देशका प्राय महिला डाइटिगं नगरी निर्धक्क खानपान गर्दछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *