अब डराउनु पर्दैन नेपालमै अक्सिजन प्लान्ट सफल।

समाचार स्वास्थ्य-जीवनशैली

Sharing is caring!

स्याङ्जा — राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट मिनी अक्सिजन प्लान्ट निर्माण गरी सफल परीक्षण गरेको छ । भीरकोट नगरपालिकामा निर्माण गरिएको प्लान्टको सोमबार परीक्षण गरिएको थियो ।

प्लान्टको परीक्षण सफल भएपछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरिएको हो । २० लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण भएको भीरकोट नगरप्रमुख छायाराम खनालले बताए ।
नगरपालिका र केन्द्रको संयुक्त लागतमा प्लान्ट निर्माण गरिएको हो । कोभिड १९ को दोस्रो भेरिएन्टको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला केन्द्रले अक्सिजन उत्पादन वैकल्पिक विधिबाट एकैसाथ अस्पतालका सबै बेडमा पुग्ने आविष्कार गरी नगर अस्पतालमा जडान गरेको छ ।

केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले इन्जिनियर उमेश किराँत र आफूले अक्सिजनका लागि वैकल्पिक व्यवस्थाका लागि यो प्रविधिको आविष्कार गरेको बताए । मिनी प्लान्टमा सातवटा अक्सिजन कन्सन्ट्रेटरलाई एसेम्बल गरी ६५ लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गरी दुईवटा ट्यांक जसमा लो प्रेसर ट्यांकबाट कम्प्रेसर गरी हाइप्रेसर ट्यांकमार्फत अस्पतालका १२ वटा शय्यामा प्रतिमिनेट ६५ लिटर अक्सिजन जडान गरिएको छ ।

छोटो समयमा वैकल्पिक प्रविधिका रूपमा आविष्कार गरिएको प्लान्ट सफल भएको अर्का बायोमेडिकल इन्जिनियर उमेश किराँतले बताए । ‘हामी सफल भयौं, उनले भने, अब यसलाई अन्यत्र पनि जडान गरिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *