सेनामा कार्यरत महेशले गरे श्रीमतीलाई भिडियो कल गरेर देहत्याग

समाचार

Sharing is caring!



काठमाडौं :

बिहारको आरामा श्रीमान श्रीमतीले डरलाग्दो कदम चालेका छन् । भारतीय सेनामा ड्युटीमा तैनाथ एक जवानले श्रीमतीलाई भिडियो कल गरेर आफ्नै सर्विस रिभल्भरले आफैँलाई गो’ ‘ली हा’ने’र देहत्याग गरेका छन् । यही क्रममा श्रीमानले देहत्याग गरेपछि श्रीमतीले पनि शरीरमा म’ट्टि’तेल ‘छ’र्के’र आ’गो ल’गा’एकी थिइन् । जसका कारण महिला गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि आरा सदर अस्पतालमा भर्ना गरिएको थियो ।

जहाँ डाक्टरले महिलाको अवस्था गम्भिर रहेकाले राम्रो उपचारका लागि पटनाको पीएमसीएचमा रिफर गरेका छन् । अर्कोतर्फ परिवारमा दुईवटा घटनाले पिरोलिएका मृतकका भाइलाई हृ’द’यघा’त भएपछि उनी पनि अस्पताल भर्ना हुनुपरेको थियो । यो सबै घटना उदवंतनगर थाना क्षेत्रको पिनिया गाउँको हो ।

मृतक जवानको नाम महेश सिंह हो, जो हाल हैदरावाद १६ बिहार रेजिमेन्टमा नाइकको रूपमा कार्यरत थिए। योसँगै श्रीमतीको नाम गुडिया डेम्ग्वी हो । घटनापछि परिवारसहित वरपरका मानिसहरु स्तब्ध भएका छन् ।

घटनाको जानकारी पाएपछि मृतक सैनिकका जेठा भाइ जयनाथलाई हृ’दयघा’त भएको थियो । उनलाई पनि उपचारका लागि पटना अस्पतालमा भर्ना गरिएको छ । यस सम्बन्धमा फौजीका परिवारका सदस्यले क्यामेरा अगाडि केही भन्न अस्वीकार गरिरहेका छन् । आखिर के भयो भनेर दुई श्रीमान्–श्रीमतीबीच झ’ग’डा भएर यति ठूलो घटना भएको देखेर परिवारका सदस्य पनि अचम्ममा परेका छन् ।

परिवारका सदस्यका अनुसार आइतबार दिउँसो श्रीमान् महेश सिंहले श्रीमती गुडियादेवीको फोनमा ड्युटीबाट भिडियो कल गरेका थिए । दुईजनाले केहीबेर कुरा गरे तर केही मिनेटमै वातावरण बदलियो । महेश सिंहले सर्भिस रिभल्भरले आफैलाई गो’ ‘ली हा’ने’का छन् ।

श्रीमान्को यस्तो अवस्था देखेर गुडियादेवीले पनि आफ्नो शरीरमा म’ट्टि’ते’ल छ’र्के’र देहत्याग गर्न खोजेकी थिइन् । महेश सिंह केही दिनदेखि निकै त’ना’वमा रहेको बताइन्छ, जसको बारेमा गुडिया देवीले आफ्ना श्रीमान्लाई बारम्बार बुझाउँथिन् ।

मृतक सैनिक महेश सिंहका १५ वर्षकी छोरी र १४ र १२ वर्षका दुई छोरा छन् । महेश सिंहले पिनिया गाउँमा रहेको आफ्नो पैतृक घर छोडेर गाउँमै आफ्नै घर बनाएका थिए । यो घर बनाउन महेश सिंह पनि करिब २ महिनाअघि गाउँ आएका थिए । परिवारले महेश सिंह राम्रो बक्सर भएको बताए । अहिले महेशको मृत्युको जानकारी उनका छोराछोरी र वृद्ध बुबालाई पनि दिइएको छैन ।



Leave a Reply

Your email address will not be published.