काठमाडौँसहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला, को को होलान् त?

समाचार

Sharing is caring!

काठमाडौंसहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-६ बौद्ध शेर्पा गुम्बा नजिक राम बहादुर तामाङको घरको दोस्रो तलामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ बुदेपास्थित पानीको खोल्सामा त्रिपुरासुन्दरी गाउँपालिका-१ घोर्थली बस्ने ५८ वर्षीय पदम बहादुर खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कालिकोटको तिलागुफा नगरपालिका-१ भिग्मस्थित तिला नदीको किनारामा पनि सोही ठाउँ बस्ने १८ वर्षीय ज्वाला सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । बुधबारदेखि घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त नदीको किनारामा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *