भूकम्पपछिको पुनर्निर्माणका कामलाई तिब्रता दिन ३३ अर्ब ५५ करोड रुपैयाँ बिनियोजन

समाचार

Sharing is caring!

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमा भूकम्पपछिको पुनर्निर्माणका कामलाई तिब्रता दिन ३३ अर्ब ५५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी बर्ष थप १ हजार ३०७ विद्यालयका १४ हजार १५५ कक्षाकोठा, १०५ स्वास्थ्य संस्था, १९५ सांस्कृतिक तथा पुरातात्विक सम्पदा र ३३ सरकारी भवनको निर्माण सम्पन्न गर्ने बताए ।

आगामी आर्थिक बर्ष ३९ स्थानमा एकीकृत बस्तीको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भूकम्पबाट क्षति भएका राष्ट्रपति भवन, बबरमहल, बालमन्दिर, केशरमहल, हरिहर भवन, त्रिचन्द्र कलेल जगायत महत्वपूर्ण भवन तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण तथा प्रवलीकरण कार्यलाई तिब्रता दिने अर्थमन्त्री पौडेलले बताए ।

भावी पुस्तालाई भूकम्प सम्बन्धी ज्ञान दिलाउन भूकम्प संग्राहलयको स्थापना गरिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविधि आगामी पौषसम्म रहेकोले आगामी आर्थिक बर्षदेखि अधुरा आयोजना पुरा गर्न आवश्यक स्रोत र अभिलेखसहित कार्यान्वयनको जिम्मेवारी विषयगत मन्त्रालयमा हस्तान्तरण गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *