बर्दियामा १४ वर्षीया किशोरी २५ बर्षिय युबक द्वारा ब’ला’त्कृत

समाचार

Sharing is caring!



बर्दिया :

बर्दियामा १४ वर्षीया किशोरी ब’ला’त्कृत भ’एकी छन् । ती किशोरीलाई ब’ला’त्का’र ग’रेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ ।

सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ ब’ला’त्का’र ग’रेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।

राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पु¥याएको उहाँले बताउनुभयो । पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

शनिबार फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डु बेर मृत्यु भएको थियो । हाल कमलामाई नगरपालिका–५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएकामा खोलामा खनिएको खाल्डोमा डु बेर मृत्यु भएको थियो ।

कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डु ब्दा सृयासको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बालकको शव बुझेका छैनन् । पीडित पक्षले बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको छ । सृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।



Leave a Reply

Your email address will not be published.