पल शाहकी बहिनीले गायिका र उनका परिवारलाइ भेटेर दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो भनेपछि कुरा मिल्यो

समाचार

Sharing is caring!

काठमाडौं :

कलाकार पल शाहले कर णी गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि कर णी नभएको बयान दिएकी छन् ।

नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेकी हुन् । अदालत समक्ष उनले शाहले आफूलाई कर णी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् ।

कान्तिपुरमा छापिएको समाचार अनुसार ‘केही दिन पहिले पल शाहकी बहिनीले गायिका र उनको परिवारलाई भेटिछन् । धरधरी रोएर ‘मेरो दाइलाई छुटाइदिनुस्, दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो’ भनिछन्,’ ती कानुन व्यवसायीले भने, ‘परिवारको र नाबालिकाको पनि मन पग्लिएछ क्यारे । बिहान अदालत जाने बेला बयान फेर्दैनौं भनेरै गएका हुन् ।’ कर णीको मुद्दामा जाहेरीकर्ता बयान फेर्दा हुने कानुनी कारबाहीको बारेमा नाबालिका र उनको परिवारलाई प’टक’प’टक सम्झाइबुझाई गरे पनि अहिले बयान फेर्नुले आफूलाई समेत अचम्मित तुल्याएको ती कानुन व्यवसायीले बताए ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । बालिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी छ ।बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ । पीडितहरुले दबाबमा परेर बिगतमा पनि अदालतमा बयान फेरेका घटना छन् । अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने गरेको छ ।

अभिनेता पल शाहले आफूमाथि कर णी गरेको होइन भन्दै नाबालिग गायिकाले अदालतमा उल्टो बकपत्र (होस्टाइल) गरेपछि यो मुद्दामा अब के हुन्छ भनेर धेरैले प्रश्न उठाएका छन्।

पीडितले जाहेरीमाभन्दा उल्टो बकपत्र गरेपछि अब पललाई उन्मुक्ति मिलेको जसरी सार्वजनिक चर्चा भइरहेको छ। तर जाहेरवाला, साक्षी वा पीडितले उल्टो बकपत्र गर्दैमा कसुरदारले उन्मुक्ति पाउँदैनन्। अरू प्रमाणले कर णी भएको पुष्टि भए पल शाह दोषी नै ठहर हुने छन्। अन्य प्रमाण भनेको जाहेरी दरखास्त, पीडित र साक्षीले प्रहरीमा गरेको कागज, पीडितको स्वास्थ्य परीक्षण, सार्वजनिक भएको अडिओ रेकर्ड र अन्य साक्षीका बयान हुन्।

बरू मुद्दामा उल्टो बकपत्र गरेको पुष्टि भए पीडितलाई नै तीन महिनासम्म सजाय हुन सक्ने व्यवस्था मुलुकी संहितामा छ। यो सजाय गर्ने कि नगर्ने भनेर भन्ने चाहिँ न्यायाधीशको विवेकमा भर पर्छ।

पल निकट स्रोतका अनुसार पीडितले कारागारभित्र रहेका पलबाट बिहेको आश्वासन पाएपछि बयान बदलेकी हुन्। ‘खासमा हिरासतदेखि कारागारसम्म पुग्दा पल पनि निकै कमजोर भइसकेका थिए,’ पल निकट श्रोत भन्छ, ‘कारागारमा भेट्न जाने जसलाई पनि ‘मलाई जसरी पनि यहाँबाट निकाल्नुपर्‍यो’ भन्थे।’

पलले आफ्नो रिहाइका लागि यो मुद्दामा महँगो रकम तिरेर महँगा कानुन व्यवसायी ‘हायर’ नगरेका पनि होइनन्। तर तनहुँ र पूर्व नवलपरासी दुवैतिरको अदालतको थुनछेक बहसले उनलाई धरौटीमा छाड्ने आदेश पनि नआएपछि उनीहरू थाके। बुझिएअनुसार यो बीचमा पल पक्षधरहरू वरिष्ठ अधिवक्तादेखि विभिन्न न्यायाधीशसमक्ष केस ‘सल्टाउन’ सकिन्छ भनेर परामर्श लिन पुगेका थिए।

पलका अधिवक्तादेखि लिएर सबैले पललाई एउटै विकल्प सुनाए, ‘अब यो मुद्दाबाट उम्कने हो भने पीडितलाई बयान फेर्न लगाउनुको विकल्प छैन। जसरी पनि उनलाई फकाउनै पर्छ।’

पललाई थाहा थियो, पीडित नाबालिगले उनलाई गहिरो प्रेम गर्थिन्। सरकारी वकिलसम्म बयान दिँदा पनि उनले यो भनेकी थिइन्। विश्वस्त स्रोतका अनुसार पलले आफू उम्किने कुनै विकल्प नपाएपछि पीडित नाबालिगको बयान फेराउन जेलबाट निस्किएपछि बिहे गर्ने आश्वासन नै दिएका छन्। ‘पीडितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करिअर बर्बाद गर्नुभन्दा मलाई बचाऊ।

म बिहे गर्छु भनेर प्रस्ताव पठाएपछि उनी पग्लिएकी हुन्,’ पल निकट स्रोतले भन्यो, ‘पलले त पहिले पनि यस्तो प्रस्ताव राखेका थिए तर यसपटक पलका बाआमा नै यो प्रस्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सहमति भएको हो। पीडितलाई जाहेरी दिन सहयोग गर्नेहरूलाई दोष देखाएर पललाई जोगाउन रणनीति त्यसपछि रचिएको हो।’

पीडितले बयान फेरेपछि आइतबार दिनभरजसो अदालत परिसरमा पल शाहका पक्षधर मुस्कानसहित खुशीयाली मनाइरहेका थिए, पीडितको पक्षबाट पुगेकी एक अभियन्ताले भनिन्।

Leave a Reply

Your email address will not be published.