घर बनाउन शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुजारीकाे मृ’त्यु

समाचार

Sharing is caring!

पाँचथरमा घर बनाउन शुभसाइतको पूजा गर्नेक्रममा पहिरो झर्दा पुरीएर एकको मृ’त्यु भएको छ । पहिराेमा परेर फिदिम नगरपालिका -१ बुद्ध चोकका अन्दाजी ६५ वर्षका गोपाल ढुंगानाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिएका छन् ।

सोमबार बिहान ८ बजेतिर स्थानीय मदन पन्धाकको घडेरीमा घर बनाउन पूजा गर्नेक्रममा ढुंगानको पहिरोले पु’रिएर मृ’त्यु भएको हो । श’वलाई पो,’ष्टमा’र्टका लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

पहिरो झ’रेको स्थान पाँचथर सदरमुकाम फिदिमको मुख्य बजार हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

यो पनि – स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।

सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिए ।चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी,

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौँका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुखलगायतको सहभागितामा भएको बैठकले सुरुङ मार्ग क्षेत्र बस्तीमा पानीको सुनिश्चितता गर्नुपर्ने निर्णयसँगै सुरुङ मार्ग निर्माण पुनः सुरु भएको हो ।

आयोजना प्रमुख शाक्यका अनुसार पानीको समस्या तत्काल समाधानका लागि चन्द्रागिरि नगरपालिकाको संयोजकत्वमा ट्याङ्करबाट पानी वितरण गर्ने र दीर्घकालीन समाधानका लागि अहिलेको पम्पलाई अझ तल सारेर पानी उत्पादन क्षमता बढाउने र वडा नं २ मा ‘डिप बोरिङ’ गर्ने तथा सोको सम्पूर्ण खर्च आयोजनाले बेहोर्ने सहमति भएको हो ।

‘डिप बोरिङ’ गर्नका लागि जग्गा नगरपालिकाले उपलब्ध गराउनुपर्ने हुन्छ ।त्यसैगरी सुरुङ क्षेत्रमा सिँचाइका लागि सिस्नेखोलाको पानीलाई लिफ्ट गरी माथि तानेर पानी उपलब्ध गराउन आवश्यक अध्ययन सुरु गरिने सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published.