पी’डितलाई उस्काएर जाहेरी दिन लगाएको आरोप लागेका दुर्गेशले दिए यस्तो बयान-

समाचार

Sharing is caring!



जिल्ला अदालत तनहुँमा कलाकार दुर्गेश थापाको पनि बकपत्र सकिएको छ। पल शाहविरुद्धको बलात्कार मुद्दामा बुधबार अदालतले उनको बयान लिएको हो। बयानका क्रममा दुर्गेशले घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्।

त्यहाँ उपस्थित एक अधिवक्ताले दिएको जानकारी अनुसार आफूलाई घटनाबारे केही पनि थाहा नभएको उनले बताएका छन्। यस्तै दुर्गेशलाई मुख्य गरी अडिओको बारेमा सोधिएको थियो। त्यसक्रममा उनले भने, ‘यो अडिओ कसरी बाहिर आयो मलाई थाहा छैन। मेरो यसमा कुनै हात छैन।’

दुर्गेशले पल शाहलाई फ’साएको आरोप लाग्दै आएको छ। उनीसहितका व्यक्तिले पी’डितलाई उस्काएर जाहेरी दिन लगाएको भन्दै पल शाहका समर्थकले उनको चर्को विरोध गरिरहेका छन्। त्यसपछि उनी सार्वजनिक कार्यक्रममा समेत तार्गेटमा पर्दै आएका छन्।

तर उनले त्यसपछि सञ्चार माध्यममा बोल्दै आफ्नो पल शाहलाई फ’साउन कुनै भूमिका नरहेको र आफू र पलको परिवारबीच राम्रो सम्बन्ध रहेको समेत दा’बी गरेका थिए। अदालतमा उनले पनि पलकै पक्षमा बयान दिएको पल शाहका एक वकिलले बताए। यसअघि पीडित ना बा लि ग र जाहेरवाला पी’डितका बुबाको पनि बकपत्र सकिएको छ।

पल शाहलाई बकपत्रका लागि बुधबार पूर्वी नवलपरासी लगिने भएको छ। त्यहाँ पनि उनको बकपत्र सुरु हुनेछ। जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई भोली त्यहाँ पठाइदिन भनेको हो। पललाई बकपत्रका लागि त्यहाँको अदालतमा उपस्थित गराउन लागिएको हो।

त्यहाँ पनि उनै पी’डितले ब ला त्का र विरुद्ध नै जाहेरी दिएकी थिइन्। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। त्यसविरुद्ध पल शाहले उच्च अदालत पोखरामा निवेदन दिइसकेका छन्। उच्च अदालतमा पनि केही दिन पछि सुनुवाइ हुँदैछ।

यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो। हाल जिल्ला अदालत तनहुँमा उनको बकपत्र गराइसकिएको छ। साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.