बालबालिकाले देउसी-भैलो खेलेको रकम बाढी-पीडितलाई प्रदान गरे

बालबालिकाले देउसी-भैलो खेलेको र*कम बा*ढी-पी*डितलाई प्रदान गरे

समाचार

Sharing is caring!

म्याग्दी : जिल्लाको बेनीबजार कालिपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसी-भैलो खेलेर संकलन गरेको रकम बिहीबार बेनी नगरपालिका २ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई प्रदान गरेर उदाहरणीय काम गरेका छन्।बेनी नगरपालिका ८ कालिपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालिपुल देउसी भैलो समूहको नामबाट तिहारमा देउसी भैलो खेलेर संकलन गरेको १० हजारबाट विभिन्न किसीमका राहत सामग्री खरिद गरी ७ जना बाढी पीडितलाई प्रदान गरेका हुन्।

१४ वर्षीय इदान पुनको नेतृत्वमा खेलिएको देउसी भैलोबाट संकलन भएको रकमबाट दाल-चिनी, चियापत्ती, विस्कुटसावुन लगायतका सामान खरिद गरेर बाढी पीडितलाई प्रदान गरेका बाढी पीडित राहत संकलन एवं व्यवस्थापन समितिका संयोजक भीमवहादुर रिजाल (राजु) ले जानकारी दिए।असोज ४ गते राति कोटखोलामा आएको बाढीले स्थानीय दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्‍याएको थियो। बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुननिर्माणको काम भने सम्पन्न भइसकेको छ।

बाढीबाट क्षति पुगेको व्यक्तिको पुन स्थापनाका लागि पहल भइरहेको र उनीहरूलाई घर निर्माणका लागि जग्गाको खोजी भइरहेको वडाअध्यक्ष थापाले बताए।
पूर्णरुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन्।उनीहरूको सहयोग र व्यवस्थापनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले गठन गरिएको बगरफाँट बाढी पीडित आर्थिक संकलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म तीन लाख ५२ हजार तीनसय रुपैयाँ संकलन भएको संयोजक रिजालले बताए‍।

Leave a Reply

Your email address will not be published. Required fields are marked *