भरतपुरकी मेयर रेनु दाहालले दिईन राजीनामा

समाचार

Sharing is caring!



चितवन :

वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न भरतपुरका मेयरले राजीनामा दिएकी छन्।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार राजीनामा दिएकी छन्। फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिन लागेकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।

‘अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको छु। अहिलेसम्म गरेका कामलाई पूर्णता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भयो,’ दाहालले भनिन्।

माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।



Leave a Reply

Your email address will not be published.