बाबुराम भट्टराईले पाए बुटवल उपमहानगरको मेयरको टिकट, जित्लान् त चुनाव ?

समाचार

Sharing is caring!



काठमाडौँ ।

सत्तरुढ गठबन्धनसँग एक्लै चुनावी मैदानमा होमिने निर्णय गरेको नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरका लागि बाबुराम भट्टराईलाई सिफारिस गरेको छ ।

शनिबार एमाले अध्यक्ष तथा पूर्व प्धानमन्त्री केपी शर्मा ओलीले बोल्ड निर्णय गर्दै बुटवल उपमहानगरपालिकाको मेयरका लागि बाबुराम भट्टराईलाई टिकट दिँदा पार्टीले जित्न सक्ने बताएका थिए ।

अध्यक्ष ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उपमेयरमा सावित्रा अर्याललाई एमालेले सिफारिस गरेको छ ।


यो पनि : एमालेले मनाङमा उम्मेदवार टुंग्यायाे : नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो ।

एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्‍याउने भएकाे छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् ।

चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन् ।

यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार उठाउने एमालेको तयारी छ । मनाङका ४ गाउँपालिकामा २८ वटा वडा छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालले मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो ।



Leave a Reply

Your email address will not be published.