भर्खरै काठमाडौँ अवतरण गरेको बुद्ध एयरको जहाजलाई फिल्मी शैलीमा घेरा हाल्यो नेपाल प्रहरीले

समाचार

Sharing is caring!



काठमाडौ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ ब रा म द गरेको हो ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बरामद डलर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि- मनाङमा गठबन्धनका दुई दलबीच भागबण्डा टुङ्गियो-सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो ।

दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ । यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ ।



Leave a Reply

Your email address will not be published.