आफ्नी सालीसँग यस्तो अबस्थामा फेला परे अभिनेता अजय देवगन

समाचार

Sharing is caring!

एजेन्सी । बलिउड उद्योगका चर्चित कलाकार तथा सिंघमको नामले चर्चित अजय देवगनको फ्यान फलोइङ निकै उच्च छ । उनको अभिनयलाई फ्यानहरुले असाध्यै रुचाउने गरेका छन् । उनले बलिउडमा चर्चित फिल्महरु दिई सकेका छन् भने थुप्रै लेजेण्ड संग पनि आफ्नो अभिनय कौशलता प्रस्तुत गरिसकेका छन् । अजय देवगन सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

उनले हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेका हुन्छन्। जसलाई उनका फ्यानहरुले निकै रुचीपुर्वक लिएका छन् । हालै अजयको बारेमा एउटा पुरानो किस्सा बाहिर आएको छ । अजय देवगन ती कलाकार मध्ये एक हुन् जो हेडलाइनमा सधै छाउने गरेका छन्। कलाकारहरु कहिले आफ्नो फिल्मका कारण चर्चामा हुन्छन् त कहिले तस्विरका कारण ।

तर यसपटक चर्चामा आउनुको पछाडि उनको साली रहेकी छिन् । वास्तवमा, भर्खरै एउटा किस्सा बाहिर आएको छ । जसबाट अजय देवगनले साली सँग रोमान्स गरेको थाहा भएको छ ।

आफूलाई काजोलकी बहिनी हुन् भन्ने थाहा भए पनि अभिनेताले रोमान्स गरेका थिए । अजय देवगनले रोमान्स गरेको देखे पछि फ्यानहरूले उनलाई साली आधा घरवाली भन्दै जिस्काउने गरेका छन् ।

कथाको कुरा गर्ने हो भने एक पटक काजोलकी बहिनी अजय देवगनसँग फिल्म ‘चोरी–चोरी’ मा देखिएकी थिइन् । जसमा उनी मुख्य भूमिकामा थिइन् । यो फिल्ममा अजय देवगनसँग बलिउड अभिनेत्री रानी मुखर्जी देखिएकी थिइन् ।

हो, रानी मुखर्जी काजोलकी बहिनी हुन् । यी दुईबीचको सम्बन्धबारे धेरैलाई थाहा छैन । जसका कारण यो कुरा सुनेर फ्यानहरु अचम्ममा परेका छन् । यस फिल्ममा उनले रानी मुखर्जीसँग धेरै रोमान्टिक दृश्य दिएका थिए ।

जसका कारण उनी यतिबेला चर्चामा छन् । यदि अजय देवगनको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता चाँडै ‘आरआरआर’, ‘रनवे ३४’, ‘मैदान’, ‘थ्याङ्क गड जस्ता धेरै ठूला फिल्महरूमा देखिनेछन्। उनका फ्यानहरु यी फिल्महरुको प्रतिक्षामा छन् । अभिनेताका यी सबै फिल्म यसै वर्ष रिलिज हुँदैछन् । जसका लागि उनका फ्यानहरु निकै उत्साहित छन् ।

Leave a Reply

Your email address will not be published.