आँबुखैरेनीमा बस र माइक्रो ठोक्किँदा १९ जना घाइते

समाचार

Sharing is caring!

तनहुँको आँबुखैरेनीमा बस र माइक्रो ठोक्किँदा १९ जना घाइते भएका छन् । नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस र पोखराबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
घाइतेलाई आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा सामान्य उपचारपछि २ जनालाई काठमाडौं, १४ जनालाई भरतपुर पठाइएको र बाँकीको आँबुखैरेनीमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा माइक्रो चालक तनहुँ डुम्रे निवासी विरध्वज थापा मगर गम्भीर घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *