नेपाल विश्वकै तेस्रो स्थानमा पर्न सफल

विश्व समाचार

Sharing is caring!

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको छ ।नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेस्रो स्थानमा रहन सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए ।

शान्ति सेना योगदान गर्ने मुलुकको सूचीमा पहिलोमा वंगलादेश, दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल, चौथोमा रुवान्डा, पांचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

शान्ति मिशनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी नेपालकाे तिनै संगठनकाे उपस्थिति रहेकाेे छ। तिनै संगठनलाई बधाई छ। जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *