काठमाडौँमा काम पनि पाइएन, उता मेलम्चीमा श्रीमतीसहित परिवार नै बेपत्ता

समाचार

Sharing is caring!

काठमाडौं। कुमार अधिकारी र अर्जुन अधिकारी काम खोज्दै काठमाडौं आइपुगेको केही दिन मात्र भएको थियो। निषेधाज्ञाबीच उनीहरु ठेकेदारको पछि लाग्दै काम खोज्दै थिए। काम पाइसकेका थिएनन्।
मंगलबार साँझ इन्द्रावती र मेलम्चीमा आएको बाढीले मेलम्ची बजार केही बेरमै छोप्यो। पुलहरु बगे। किनारका घरहरु बगे। अनि मान्छेहरु पनि। मेलम्चीको पुरानो बजारमा पुल नजिकै रहेका कुमार र अर्जुनका जस्ताका टहरा पनि बगे। कुमारका दुई छोरी र श्रीमती तथा अर्जुनका तीन छोराछोरी र श्रीमतीलाई खोलाले बगायो।‘मेरा छोराछोरीको उद्धार भयो तर श्रीमती भेटिएकी छैनन् भन्ने सुनेको छु’, बिहीबार साँखुबाट पैदलै मेलम्ची जाँदै गरेका अर्जुन भन्दै थिए। उनीसँगै थिए, कुमार पनि। कुमार र अर्जुन दाजुभाइका छोरा हुन्। उनीहरु वर्षौदेखि पुरानो बजारमा पुल नजिकै टहरा बनाएर बसिरहेका थिए। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**

यो पनि पढ्नु होस्

काठमाडौं । चिनियाँ भिडियो साझेदारी एप टीकटक निर्माता कम्पनी बाइटडान्सले सन् २०२० मा दोब्बर कमाइ गरेको छ ।कम्पनीको आम्दानी १११ प्रतिशतले वृद्धि हुँदै सन् २०२० मा ३४.५ बिलियन डलर पुगेको बीबीसीले जनाएको छ ।

विश्वव्यापीरुपमा चर्चित बनिरहेको टीकटकको लोकप्रियतामा वृद्धि भएसँगै कमाइमा पनि बढोत्तरी भएको हो । बाइटडान्ससँगै अन्य चिनियाँ कम्पनीलाई पनि सरकारबाट तीव्र दबाब परिरहेको छ ।बाइट डान्सको नाफामा पनि उक्त वर्ष ९३ प्रतिशतले वृद्धि भएको छ ।

सो वर्ष कम्पनीले १९ बिलियन डलर खुद नाफा कमायो । गतवर्ष सोही अवधिमा कम्पनी ४५ बिलियन डलरले घाटामा गएको थियो ।गतवर्षको डिसेम्बरसम्म विश्वभरि बाइट डान्सका १.९ बिलियन प्रयोगकर्ता थिए । टीकटकको विश्वव्यापी लोकप्रियतासँगै चीन र अमेरिकी सरकारले बाइट डान्सलाई दबाब दिइरहेका छन् ।

यो महिनाको सुरुआतमा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ एपले अमेरिकी बजारमा उपस्थित खोज्ने हो भने प्रयोगकर्ताको तथ्यांक सुनिश्चित गर्नुपर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।साथै, उनले अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले टीकटक र वी च्याटविरुद्ध लगाएको प्रतिबन्ध पनि फुकुवा गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *