लकडाउनमा घरवाटै अफिसको काम गर्ने छोराबुहारीका कारण खोसियो वृद्ध बुवाआमाको खुसी, खोक्न समेत नपाएपछि बोलाए प्रहरी

समाचार

Sharing is caring!

एजेन्सी । महामारीका कारण नेपाल र भारतका अधिकांश सहरहरुमा निषेधाज्ञा छ । सर्वसाधारण खुलेर वाहिर निस्कन पाउँदैनन् । कार्यालयका काम पनि घरवाटै गर्नुपर्ने अवस्था छ । छोराबुहारी दिनभर घरमै बस्ने र अफिसको काम समेत गर्ने भएपछि वेृद्धवृद्धाहरुको खुसी खोसिएका उदाहरण देखिएका छन् । केही यस्ता घटना छन् जसले मन रुवाउँछ । परिस्थिति यस्तो अवस्थामा पुग्यो की उनीहरु खोक्न र अलि ठुलो आवाजले बोल्न पनि पाउँदैनन् ।

यस्ता घटनाहरुको बारेमा भारतमा अध्ययन गरिएको छ । गाईड संगठनले हेल्पलाइन नम्बर सार्वजनिक गरेको छ । जसमा यस्ता समस्या परेकाहरुले फोन गर्ने गर्छन । यस्तो हेल्पलाइन नम्बरमा गरिएका केही अनौठा गुनासोहरु प्रस्तुत गरिएको छ । भारतका गोंडा, बहराइच, कानपुर र लखनऊमा यस्तो घटना धेरै देखिएको सो संगठनले जनाएको छ ।

घटना नं १: एक जना ८३ वर्षका वृद्धले गुनासो गरे की उनलाइ आफ्ना छोराबुहारीले घरवाट निकालेर गाउँ पठाइदिएका छन् । उनको बुहारी अफिसको काम घरवाटै गर्थिन । ससुरालाई दिउसोमा चिया खान मन लाग्यो । उनले दिउसो चिया मागे । वुहारी यसरी रिसाइन् की उनले फ्रिज नै लडाइदिइन् । त्यसपछि पनि उनको रिस शान्त भएन उनले घरका अन्य वस्तु पनि फु टाउन लागिन् ।

यस्तो सबै देखेपछि ससुरा डराएर हेल्पलाइनको मद्दतवाट उनी गाउँमा पठाइयो । उनले हेल्पलाईनका कर्मचारीलाई गुनसो सुनाउँदै भने, मलाई घरमा खोक्न पनि वर्जित थियो । खोक्दा कोरोना लाग्छ भनेर छोरा बुहारी कराउँथे । म वृद्ध मान्छेलाई बेला बेलामा खोकी लागिरहन्थ्यो । डरले मैले खोक्न पनि सक्दिनथे ।

घटना नम्बर २ : एक जना यस्ता छोरा थिए जसले आफ्नो घरको काम गराउन आमालाई नै नजरबन्दमा राखेका थिए । उनका जेठा छोरा सरकारी अफिसर थिए । शहरमा बस्ने छोराको घरमा काम गर्ने मानिस आउ छोडेका थिए । महामारीले काम गर्ने मान्छे नआएपछि उनले गाउँवाट आमालाई ल्याए । आमालाई निकै काम लगाउँथे । वृद्ध अवस्थाकी आमाले धेरै काम गर्न सकिनन अनि हेल्पलाईनको मद्दत मागिन् । उनलाई छोराको घरवाट उद्दार गरेर लखनऊ ल्याइयो।

गाइड समाज कल्याण संस्थानका संस्थापक र एमडी डा। इन्दु सुभाष भन्छन् कि वृद्ध व्यक्तिहरु प्रति दु र्व्य वहा र लगातार बढिरहेको छ, यो चिन्ताजनक छ। युवा पुस्तामा वृद्ध वृद्धालाई माया र सम्मान गर्नुपर्छ भन्ने संस्कारको विकास गर्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *