म्यादी प्रहरीको पोसाकमा भिडियो बनाएर भाइरल बनेका किशोर पक्राउ

समाचार

Sharing is caring!



काठमाडौं ।

म्यादी प्रहरीको पोसाक लगाएर खिचेको भिडियोका कारण भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

सामाजिक सञ्जाल टिकटकमार्फत् भिडियो बनाएर कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए । उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन्। तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय पूरण भट्टराई म्यादी हुन्।

भट्टराई नभएको बेलामा ती किशोरले पोशाक लगाएर दुरूपयोग गरेको प्रहरी नायब उपरीक्षक शाहले बताए।

‘म्यादी प्रहरीको पोशाक दुरूपयोग गरेको हुँदा हामीले दुबै जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘टिकटकमा भिडिओ भाइरल बनेपछि हामीले खोजेर पक्राउ गरेका हौं।’

उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। बुधबार उनीहरूमाथि अनुसन्धान गर्न म्याद थप्न जिल्ला प्रशासन कार्यालय लगेको छ।



Leave a Reply

Your email address will not be published.