चर्चित अभिनेत्री पोर्न भिडियोको सुटिङ गर्दै गर्दा रंगेहात पक्राउ परेको घटनामा कति सत्यता ?

समाचार

Sharing is caring!



काठमाडौं । पोर्न भिडियोको सुटिङ गर्ने क्रममा एक चर्चित अभिनेत्री रंगेहात पक्राउ परेकी छिन् । आफ्नो रोचक फेसनका कारण चर्चामा रहने इन्टरनेट सेन्सेसन उर्फी जावेदको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियो हेरेर उर्फी जावेदका फ्यानहरु पनि छक्क परेका छन् ।

यस भिडियोमा प्रहरीले पोर्न फिल्मको सुटिङका ​​क्रममा ​​जावेदलाई रंगेहात समातेको हो । आज हामी त्यो भिडियोको पूरा सत्यता के हो भनेर जानकारी गराउन गइरहेका छौँ । यो भिडियो कन्टेन्ट क्रिएटर रोहित गुप्ताले फेब्रुअरीमा सेयर गरेका थिए । उर्फी अफिस पुगेर निर्देशकलाई भेटेको भिडियोमा देखाइएको छ ।

निर्देशकले उनलाई आफ्नो फिल्ममा राख्न चाहन्छन् । उनले उर्फीलाई आफ्नो प्रोजेक्ट (काम) गोप्य रहेको र रणवीर कपुरले चलचित्रमा खलनायकको भूमिका निर्वाह गर्ने बताउँछन् । यो सुनेर उर्फी जावेद उत्साहित हुन्छिन् । फिल्मको अभिनेताका लागि विदेशी कलाकारलाई लिइएको छ ।

चलचित्रमा बादशाहले संगीत दिने कुरा पनि बताइन्छ । फिल्मको नाम टाइटानिक हो । त्यसपछि रोहित गुप्ता दोस्रो निर्देशकको रूपमा अफिसमा आउँछन्, जो मुख्य अभिनेतासँग प्रवेश गर्छन् । उर्फीले मुख्य कलाकारको बारेमा सोध्दा उनी युगान्डाबाट आएको बताइएको छ ।

त्यसपछि निर्देशकले उर्फीलाई अडिसनका लागि बोलाउँछन् । उनलाई वियर्डबाट एक संवाद दिन्छन् । त्यसपछि प्रहरीको खाकी वर्दी लगाएका एक व्यक्ति अफिसमा प्रवेश गर्छन् र पोर्न फिल्मको सुटिङ गरेको आरोपमा सबैलाई समात्छन् । त्यहाँ उपस्थित तीनै जनाले उर्फीलाई दोष दिन थाल्छन् । यो सुनेर उर्फीलाई निकै रिस उठ्छ ।

त्यसपछि उनले आफ्नो म्यानेजर (प्रबन्धक) लाई बोलाइन् । आफ्ना लागि यस्तो अडिसन किन छनोट गरेको भनेर गाली पनि गरेकी छिन् । घटनापछि उर्फी स्तब्ध हुन्छिन् । त्यस बीचमा उनका प्रबन्धकले फोनमा यो सब एक ठट्टा (प्रयाङ्क) हो भनेर जानकारी गराउँछन् । ऊर्फीले आफूसँग यति ठूलो ठट्टा भएको भनेर पत्याउन सकिनन् । तर पछि उर्फी जावेद फेरि यो घटना सुनेर हाँसिन् ।



Leave a Reply

Your email address will not be published.