मैले जित्ने जस्तो देखिएन भने चुनाव नै खारेज गर्नुपर्छ: रेणु दहाल

समाचार

Sharing is caring!

भरतपुर । महानगरपालिकाकी मेयर रेनु दाहालले पुनः आफू महानगरको मेयर हुने दाबी गर्नुभएको छ । बिहीबार ईमेज टेलिभिजको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै मेयर दाहालले आफूले पुनः उम्मेदवारी दिने र जित्ने दाबी गर्नुभयो ।‘यसपटक पनि भरतपुर महानगरमा मेरो दाबी

रहन्छ,ल उहाँले भन्नुभयो,उम्मेदवारी दिनेछु र भरतपुरकोमेयरमा फेरि पनि विजयी हुनेछु महानगरको विकास हेरर पनि जनताले मलाई साथ दिनुहुनेछ ।’ मेयर दाहालले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा

जोड दिनुभयो । यद्यपि गठबन्धनमा निर्वाचन लड्दा केहीले अन्तर्घात गर्नेमा भने आफू जानकार रहेकोसमेत बताउनुभयो । चितवनका कांग्रेस नेता÷कार्यकर्ताको हिसाबले उहाँहरूको असन्तुष्टि जायज हो उहाँले थप्नुभयो‘तर हामी गठबन्धनमा छौं, त्यसैले गठबन्धनको

निर्णय हामीले मान्नुपर्छ । उहाँले देशमा अरू महानगरमा नेकपा (माओवादी केन्द्र)ले दाबी नगरेको पनि स्मरण गराउनुभयो । आफूले चितवनमा राजनीति मात्र भएर विकासका कामहरू प्रशस्तै गरेको उहाँको दाबी छ । नेकपा (माओवादी केन्द्र)लाई परिवारवादले किन

गाँजेको भन्ने प्रश्नको जवाफमा मेयर दाहालले आफ्नो परिवारले पाएको मात्र नहेर्न आग्रह गर्नुभयो ।‘हामीले पाएको मात्र हेरिदिनु भएन उहाँले भन्नुभयो‘हामीले गुमाएका पनि धेरै छौं, उचित शिक्षा र स्वास्थ्य पाएनौं,देशकै लागि परिवारलाई गुमायौं, हामीले पाएको भन्दा धेरै गुमाएका छौं ।

The post मैले जित्ने जस्तो देखिएन भने चुनाव नै खारेज गर्नुपर्छ: रेणु दहाल appeared first on Daily khabar pati.

Leave a Reply

Your email address will not be published.