पलको बचाउ गर्दा फ’से रमेश उप्रेती

समाचार

Sharing is caring!



ब ला त्का र को मुद्दामा दिएको अभिव्यक्तिका कारण अभिनेता रमेश उप्रेती विवादमा फसेका छन्। उनले ब ला त्का र केसमा पुर्पक्षका लागि थुनामा रहेका अर्का अभिनेता पल शाहको बचाउमा अभिव्यक्ति दिएका थिए।

उप्रेतीले एक टेलिभिजन कार्यक्रममा भनेका थिए ‘ब ला त्का र हुने वित्तिकै कराउन, चि’च्याउन पर्यो अथवा भोलिपल्टै पुलिसकोमा गएर उजुरी दिनुपर्छ। एकवर्षपछि उजुरी दिएर हुँदैन।’ पललाई एक नाबालिग गायिकाले दुई ठाउँमा ब ला त्का र को मुद्दा दर्ता गराएकी थिइन्।

सोही कुरालाई इंगित गर्दै भनेका छन् ‘अनी, हरेक ठाउँमा ब ला त्का र हुँदैन। एक ठाउँमा भएपछि भयो।’ उप्रेतीले सामाजिक सञ्जालमा आएका अन्य प्रतिकृया झैं ‘कुरा मिल्दा चमत्कार, नमिल्दा ब ला त्का र भन्नु राम्रो होइन’ भनेर प्रतिक्रिया जनाएका थिए। उनले कार्यक्रममा पल शाह पी’डक नभएको जिकिर समेत गरेका छन्।

रमेशको यो भनाइलाई लिएर सामाजिक सञ्जालमा चर्को आ’लोचना भइरहेको छ। रमेशको अभिव्यक्तिलाई लिएर नेपाली नायिकाहरुले नै प्रश्न उठाएका छन्। अभिनेत्री स्वस्तिमा खड्का, बेनिशा हमाल लगायतले उनको अभिव्यक्तिलाई पुरातन सोचको मानसिकता र र’वैयाको संज्ञा दिएका छन्।

यो पनि – गायक स्वप्न सुमनले बिहे गरेका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्। उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका जनाइएको छ। विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्।

२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो। त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन्। गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन्।



Leave a Reply

Your email address will not be published.