काठमाडौं ।
विदेशी मुद्रा सञ्चिति घटेको खबर आउन थालेपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गर्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ, जुन ६ देखि ७ महिनाका लागि अत्यावश्यक वस्तु आयात गर्न पर्याप्त हो ।
नेपालको पछिल्लो मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सकिने उल्लेख गरेको छ । अहिले नेपाल सरकारले विदेशी मुद्रा देश बाहिर जान नदिने नीति अवलम्बन गरिरहेको छ ।
तर, मौद्रिक सञ्चिति कायम राख्न आयात र विदेशी मुद्रा आर्जनमा कडाई गर्नुपर्ने सुझाव केही विज्ञले दिएका छन् ।
अर्कोतर्फ नेपालले अन्य मुलुकबाट सामान किन्न डलरमा तिर्नु पर्ने भएकाले आयात खर्च बढेकाले अहिलेको समस्या आएको नेपाल राष्ट्र बैंकले जानकारी दियो ।
नेपाल राष्ट्र बैंकका अनुसार देशको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स हो । नेपालको जीडीपीमा यसको योगदान २२ प्रतिशत रहेको छ।
केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले बीबीसी नेपाली सेवालाई कोभिड महामारीका बावजुद गत वर्ष रेमिट्यान्स आप्रवाह राम्रो भएको बताए । नेपालको लागि विदेशी मुद्राको अर्को प्रमुख स्रोत भनेको पर्यटन हो ।
नेपालले अन्य देशबाट सामान किन्दा डलरमा तिर्नुपर्छ । यसकारण वर्तमान सरकारले विलासिताका सामानको आयातमा कडाइ गर्ने नीति अपनाएको देखिन्छ । विलासिता रोक्न सरकारले अर्को नयाँ नियम ल्याउन लागेको खुल्न आएको छ ।
हजार र ५ सयका नोटलाई चलन-चल्तीबाट रोकावट ल्याएर खर्च नियन्त्रण गर्ने सरकारले नीति ल्याउन लागेको छ । नेपाली एक हजार र पाँच सयका नोट किनमेल, खरिदबिक्रि वा उपभोग गर्ने ठाउँमा नचल्ने बनाउँन लागेको छ ।
त्यो भन्दा अघि नै उक्त नोटहरु भएका मानिसले बैकमा लगेर राखिसक्नुपर्ने निश्चित समय तोक्नेछ ।
त्यो समयमा बैकमा नबुझाएमा पैसा कागज समान हुने नीति अख्तियार गर्न लागिएको छ स्रोतले भन्यो । भारतलेपनि केही बर्ष अघि नोटबन्दीको निर्णय लिएको थियो ।