मोहन्याल गाउँपालिकाका कर्मचारी दिउँसै भट्टीमा टिल्ल, सेवाग्राहीले सेवा नपाएर जिल्ल !

समाचार

Sharing is caring!

कैलालीको मोहन्याल गाउँपालिकाका कर्मचारी कार्यालयको काम छोडेर दिउँसै रक्सी भट्टीमा भेटिएका छन् ।

बिहिबार दिउँसो २ बजेदेखी कार्यालय छोडेर गायब ति कर्मचारीहरु ४ बजेसम्म फर्केनन् ।  गाउँपालिकाको कार्यालय खिमडी राख्ने अनुमती पाइसकेपनि यता सुक्खडबाट कार्यालयले काम गरिरहेको छ ।

कार्यालयको काम छोडेर सुक्खडमै रहेको रुपेस रेस्टुरेन्ट एण्ड लजमा उनिहरु मदिरा सेवन गरिरहेको भटिए । दिउँसोको सरकारी नम्बर प्लेटको सु प प्रदेश १७६३ नम्बरको मोटरसाइकल चढेर होटेल छिरेका उनिहरु कार्यालय समय सकिदासम्म बाहिर निस्केनन् ।

त्यही कर्मचारीहरुको प्रतिक्षामा बसेका सेवाग्राहीहरु भने सेवा नपाएरै घर फर्के । मोहन्याल गाउँपालिकाबाट एक दिन पुरै लाएर सुक्खडसम्म पुगेका सेवाग्राहीहरुले कर्मचारी पाएनन् ।

कर्मचारीहरु दिउँसै गायब भएपछि सेवाग्राहीहरु आक्रोसित थिए । उनिहरुले जनताको काम छोडी मदिरामा लठ्ठ हुने कर्मचारीहरुलाई कार्वाहीको माग गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *