नवराज रेग्मी ‘म्यादी प्रहरी नै होईनन्, पोसाक दिने पनि नियन्त्रणमा

समाचार

Sharing is caring!



काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मी प्रकरणमा नयाँ मोड आएको छ । उनले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको हो ।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको कुरा बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको पोशाक उपलब्ध गराउने व्यक्ति पुरन भट्टराई हुन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार दुई जनाले सल्लाह गरेरै भिडियो बनाएको देखियो । म्यादी प्रहरी रहेका पुरनले नवराजलाई पोशाक उपलब्ध गराएर उक्त भिडियो बनाएका छन् ।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो ।

सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको हो । उनीमाथि सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चल्ने भएको छ ।



Leave a Reply

Your email address will not be published.