कता हराए शिशिर भण्डारी ? अष्ट्रेलियामा ४० दिनदेखि यस्तो अवस्थामा रहेछन्- ल्याए यस्तो (भिडियो हेर्नुस)

समाचार

Sharing is caring!



चर्चित युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा दुई महिनादेखि कुनै पनि भिडियो प्रसरण भएको छैन ।शिशिर भण्डारीको लोकप्रिय यस च्यानलमा किन भिडियो आएन ? यसका सन्चालक कलाकार तथा सँचारकर्मी शिशिर भण्डारी कहाँ हराए ? शिशिरलाई हिजो आज सामाजिक सन्जालमा यस्तै प्रश्नहरु आउने गर्दछन् ।

वास्तवमा शिशिर यतिबेला अष्ट्रेलियामा छन् । उनी एक साँगितिक कार्यक्रमका लागि मार्च १८ मा अष्ट्रेलियामा गएका थिए । त्यसपछि कार्यक्रमहरुको चाप बढेपछि बिगत ४५ दिनभन्दा बढि देखि उनी उतै छन् । शिशिर यहि मे १९ मा नेपाल फर्कदैछन् ।

यसैबिच अष्ट्रेलियाबाट शिशिरको एउटा फोटो बाहिरियो । जुन फोटोमा शिरि बाटोमा बसेर डलर माग्दै गरेको अवस्थामा देखिन्थे । उनलाई त्यो फोटो र भिडियोलाई लिएर पनि धेरैले प्रश्न गरे । वास्तवमा यो फोटो र भिडियोको वास्तविकता अर्कै थियो ।

शिशिर अष्ट्रेलियामा रहेका नेपालीहरुको समसामयिक कथामा आधारित सर्ट फिल्म सम्बन्धमा अभिनय गरिरहँदा उनको उक्त फोटो र भिडियो कैद भएको थियो । शिशिर होलीको कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका थिए । उनले त्यसपछि सिड्नी, मेलवर्न, एडिलेड र ब्रिजबेनमा साँगीतक र सामाजिक कार्यक्रमहरु सम्पन्न गरे ।

शिशिरको यो भिडयो हेर्नुस



Leave a Reply

Your email address will not be published.