काठमाडौं –लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हा”न्दा मृ”त्यु भएको छ।
राँगोले हानेर ग”म्भीर घा”इते उनको सुरूमा जिल्ला अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा उनको बाटोमै मृ”त्यु भएको हो।
जिल्ला प्र”हरी कार्यालयका प्र”हरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घा”इते बनाएको थियो।
उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप घ”टना हुन नदिनका लागि प्र”हरीले राँगा गो”ली हानेर मारेको छ।
सो राँगोले केही दिनअघिबाटै बिरामीजस्तो देखिएको थियो। आफैँले पालेको राँगोले केही नगर्ला भनेर घरधनीले राँगा समात्न खोज्दा सो घ”टना हुन पुगेको स्थानीयको भनाइ छ।