आफैं बग्न थाल्यो थुनिएको मर्स्याङ्दी नदी, मनाङसँग सडक सम्पर्क विच्छेद

समाचार

Sharing is caring!

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले जानकारी दिए ।करिब आधा घण्टापछि नै नदी बग्न थालेको जानकारी दिंदै डिएसपी खड्काले भने, ‘अहिले पनि साना-ठूला पहिरो त गइरहेका छन् । तर नदी थुनिने सम्भावना भने अहिलेसम्म देखिएको छैन ।’मर्स्याङ्दी नदी ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *