मेलम्चीसँगै धेरैको सपना पनि बग्यो भन्दै सहयोगमा जुटिन आँचल

समाचार

Sharing is caring!

बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका बासिन्दालाई सघाउन सेलेव्रिटी पनि सक्रिय भएका छन् । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार गएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेकी छिन् ।राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल पनि मेलम्ची पुगेका थिए ।

मेलम्ची पुगेर फर्किएपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौकोशी बेसिनको सहायक नदी मेलम्ची र त्यसको जलाधारसहित बहाव क्षेत्र अहिले बाढीको चपेटामा छ । त्यस क्षेत्रका धेरै नागरिक घर छोडेर हिंड्नुपरेको छ । घर–खेती मात्रै हैन; सडक, पुलसहित विभिन्न सार्वजनिक संरचना बाढीले बगाएको छ ।

यो त्यही मेलम्ची खोला हो, जसको पानी दुई दिन अघिसम्म काठमाडौं उपत्यकावासीले उपयोग गरिरहेका थिए । काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको रौद्र रूपले त्यस क्षेत्रलाई तहसनहस बनाएको बेला काठमाडौंको दायित्व के होला ?

खानेपानी मन्त्रालयका पूर्वसचिव माधव बेल्वासे संकटमा परेका सबैमाथि सरकारको भूमिका उस्तै र उत्तिकै हुने बताउँछन् । काठमाडौंमा मेलम्चीको उपयोग गर्ने आम उपभोक्ताले पनि सक्दो अतिरिक्त सहयोग गर्नुपर्ने मत राख्छन् बेल्वासे ।

बेल्वासेलाई सम्झना छ, २९ चैत २०७४ मा मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रु’ पछि तत्कालीन सांसद तथा वर्तमान स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले भनेका थिए, ‘मेलम्ची बहुमूल्य प्राकृतिक सम्पत्ति मात्रै होइन, हाम्री चेली जस्तै हुन् । आज तपाईंहरू दुलही लिन आउनुभएको छ, हामी खुशी छौं ।’

सोही सुरुङ मार्ग भएर आएको पानी काठमाडौंवासीले गत चैतबाट पिउन थालिसकेका थिए । सुपरीवेक्षण गर्न दुई महीनाका लागि सुरुङ बन्द गरेकै दिन मंगलबार मेलम्ची खोलामा आएको बाढीले धेरै मेलम्चीवासीलाई त्रासदीमा धकेलेको छ ।

पूर्वसचिव बेल्वासे अन्मिएर कर्म घर आएकी दुलहीको माइती (मेलम्ची) संकटमा पर्दा काठमाडौंले शीघ्र सहयोगको हात अघि बढाउनुपर्ने बताउँछन् । ‘संकटमा परेकालाई सहयोग गर्नु सबै नागरिकको नैतिक दायित्व पनि हो’ उनी भन्छन्, ‘मेलम्चीले त काठमाडौंलाई पानी नै खुवाएको छ । यो हिसाबले पनि मेलम्चीको संकटमा मल्हम लगाउनु काठमाडौंवासीको खास कर्तव्य हुन्छ ।’

पहिलो पटक सुरुङमा पानी भर्न थाल्दा तत्कालीन खानेपानी मन्त्री विना मगरले सिन्धुकी चेलीलाई धेरै माया गरिने बताउँदै भनेकी थिइन्, ‘यस क्षेत्रको विकासका लागि कुनै कमी रहन दिंदैनौं, हामी सिन्धुवासीलाई सम्झनलायक उपहार दिन्छौं ।’
पूर्वसचिव बेल्वासे अहिले मेलम्चीवासीलाई साथ दिनु तत्कालका लागि ठूलो उपहार हुने मत राख्छन् ।

‘व्यक्तिगत रूपमा एक–एकजना सिन्धुपाल्चोक पुगेर सहयोग गर्न नसक्लान्’ उनी भन्छन्, ‘कुनै सरकारी निकायले काठमाडौंवासीको सहयोग मेलम्ची पुर्‍याउने संयन्त्र बनाए बेस हुन्थ्यो ।’संकटमा ढिला गरिने सहयोगको खासै अर्थ नहुने भएकाले जतिसक्दो छिटो मेलम्चीवासीका लागि काठमाडौंले सहयोग पठाउनुपर्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *