जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…

समाचार

Sharing is caring!



काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ । घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो ।

अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए ।

विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् ।

त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् ।

सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् ।

किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।



Leave a Reply

Your email address will not be published.