कृष्ण कंडेलको नेतृत्वमा एती धेरै राहात सहित सिन्धुपाल्चोक पुग्यो इन्द्रेणी टिम

समाचार

Sharing is caring!

कृष्ण कंडेलको नेतृत्वमा एती धेरै राहात सहित सिन्धुपाल्चोक पुग्यो इन्द्रेणी टिम

इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम राहात सहित सिन्धुपाल्चोकको हेलम्बु पुगेको छ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो ।

डीएसपी सापकोटाका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु(६ का च्याङ्बा तामाङ छन् ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ ।

त्यस्तै बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।

‘७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भने– ‘सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको छ ।’ हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *