स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृ’त्यु

समाचार

Sharing is caring!



पोखरा :

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना भएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार जीपमा १८ देखि २० जना सवार थिए। घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाकी छ ।



Leave a Reply

Your email address will not be published.