काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्ना ५४ प्रतिस्पर्धीलाई हराएर काठमाडौं महानगरको मेयर निर्वाचित हुने प्रक्षेपण देखिएको छ।
ठूला र स्थापित दललाई हराएर स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको मेयर निर्वाचित भएको यो पहिलोपटक हुनेछ।
स्वतन्त्र उम्मेदवार बालेन शाहले ‘कोर–सिटी’ बाहिरबाट धेरै मत ल्याउन सक्ने भए पनि कोर–सिटीभित्र भने नेकपा एमालेका केशव स्थापित सबभन्दा अगाडि छन्। दोस्रो स्थानमा सिर्जना र बालेनबीच कडा प्रतिस्पर्धा छ।
काठमाडौंमा कतिपय वडा यस्ता छन् जसले कोर–सिटीलाई छुन्छ तर धेरैजसो क्षेत्र कोर–सिटीबाहिर पर्छन्। त्यस्ता वडामा पनि कोर–सिटी बाहिरका मतदान केन्द्रहरूमा बालेनले ठूलो मत पाएको देखिन्छ। त्यही वडामा जब हामी कोर–सिटीभित्र प्रवेश गछौं, त्यहाँ बालेनले पाउने भोट कम हुँदै जान्छ।