काठमाडौं अपडेटः स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता

समाचार

Sharing is caring!

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११-११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।

मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन शाह आफै पुगेका छन्।

अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मतगणना भइरहेको स्थानलाई निगरानी गर्दै गरेको देखिन्छ।

मेयरका प्रमुख उम्मेदवारहरू मतदानस्थलमा पुगेका छैनन्। अघि शुक्रबार मतदान सकिएपछि स्वतन्त्र उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो।

पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए। उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए।

शनिबार बिहान भएको सर्वदलीय बैठकले भने उनको माग पनि सम्बोधन भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.