गोलाप्रथाबाट वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी

समाचार

Sharing is caring!

मनाङ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् ।

निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् । गुरुङ यसअघि पनि सोही वडाका अध्यक्ष थिए ।

काठमाडौं । आजबाट ६ वटै महानगरपालिकाको मतगणना सुरु हुँदै छ ।काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ । मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ ।काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाह प्रतिस्पर्धामा रहेका छन्

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ । भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । पोखरा महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट कृष्णबहादुर थापा प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका कोपिला रानाभाट र एमालेबाट मञ्जेदेवी गुरुङ प्रतिस्पर्धामा छन् ।

यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

ललितपुर महानगरमा मेयर पदका लागि पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी, एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य प्रतिस्पर्धी हुन् ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ ।

वीरगन्जमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह र नेकपा एमालेबाट विजयकुमार सरावगी मेयरका मुख्य प्रतिस्पर्धी हुन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट इम्तियाज आलम र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषेतमलाल झा मुख्य प्रतिस्पर्धी हुन्

Leave a Reply

Your email address will not be published.