काठमाडौं
महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोले सुरुवाती अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पारेका हुन्।
गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्। अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ। दुवै मतदानकेन्द्रको ७० मत गन्दा डंगोलले ५० भन्दा बढी मतले श्रेष्ठलाई पछि पारेकी छन्।
Next News-सिन्धुपाल्चोकको सुनकोशीमा वामगठबन्धनलाई कांग्रेसले उछिन्यो
सिन्धुपाल्चोक । एमाले, माओवादी र नेकपा एसबीच गठबन्धन भएको सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को मत गणना हुँदा अध्यक्षमा कांग्रेसका श्रवण जिसीले ५७ मत पाएका छन् भने
वामगठबन्धनका टपिन्द्र तिमल्सिनाले ५५ मत ल्याएका छन् ।त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवारले ६२ मत पाएकी छन् भने गठबन्धनकी दुर्गा थापाले ४९ मत पाएकी छन्