शुक्र:
जीवनमा नगर्नुहोस यी १० गल्ति कहिल्यै सफल एवम् धनि बन्न सकिदैन :महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१६ को सुरुवात शुक्रबारबाट हुँदैछ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।
यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फैसला गर्नुहोस् ।विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।
गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ
यसैगरी महाभारको निकै महत्वपूर्ण अंग हो विदूर नीति । यसमा महात्मा विदूरले कयौँ काम र नीतिका बारेमा बताएका छन्। ती कुरा आजको समयमा पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछन्।यदी कुनै पनि मानिसले यी कुराका ध्यान राख्छ भने उनीहरुको जीवनमा सफलता र सुख प्राप्त हुने गर्दछ। विदूर नीति अनुसार आज हामी तपाईलाई कुन कामबाट कमाएको पैसाले तपाईलाई गरिब बनाउन सक्छ भन्ने बारेमा जानकारी दिदैछौँ।
श्लोकअतिक्लेशेन येर्थाः स्युर्धर्मस्यातिक्रमेण वा ।अरेर्वा प्रणिपातेन मा स्म तेष मनः कृथाः।।अर्थ, जुन धन निकै क्लेश, धर्म उल्लंघन गरेर वा सत्रुका अगाडि शिर झुकाएर मिल्ने गर्दछ, यस्ता धनको चाहना नराख्नुहोस्। यसरी प्राप्त गरेको धनले तपाईलाई विस्तारै दरिद्र बनाउने गर्दछ।निकै झगडा गरेर वा कुनै वाद विवाद अथवा अरुलाई दुख पुर्याएर हामी पैसा कमाएर आफ्नो घरमा लैजान्छौँ भने यस्ता धनले घर परिवारमा पनि विवादको स्थिती सृजना गर्ने गर्दछ। त्यसैले यस्तो धनबाट टाढा रहनुहोस्।
धर्मको उल्लंघन अर्थात गलत काम गरेर कमाएको पैसाले जीवनम कसैको उन्नती गर्न दिदैन्। यस्तो पैसाले उनको सन्तान नष्ट गर्ने गर्दछ। त्यसैले गलत कार्यबाट पैसा कमाउनु हुँदैन्।शत्रुका सामु शिर झुकाएर वा कुनै यस्ता व्यक्तिसँग काम गरेर जसले तपाईलाई नराम्रो भन्छ, यस्तो पैसाले तपाईलाई धनीको साटो उल्टै गरिब बनाउने गर्दछ।