गोकुल बास्कोटाको वडामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

समाचार

Sharing is caring!



पूर्वसञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता गोकुल प्रसाद बास्कोटाको वडामा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै सूर्य चिह्नले जित निकालेको छ ।

काभ्रेपलान्चोकको मण्डन देउपुर- नगरपालिका ४ को वडाअध्यक्षमा एमालेका मैतेसिंह तामाङ ६२३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उत्तममणी सापकोटाले ४३८ मत पाए ।

यो एमाले पोलिटब्यूरो सदस्य गोकुल प्रसाद बास्कोटाको गृहवडा हो ।

उक्त वडाको एक सदस्य नेपाली कांग्रेसले जित्दा अन्य सदस्यहरू भने एमालेबाट नै निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट राजकुमार बस्ताकोटी ५६४ मतका साथ सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट सदस्यमा सन्तोष ढकाले ६१२, महिला सदस्यमा सरिता दुलाल (बस्‍ताकोटी) ६३१, दलित महिला सदस्यमा सुन्तली वि.क. ६१० मतका साथ निर्वाचित भएका छन् ।



Leave a Reply

Your email address will not be published.