बालेनको पक्षमा किन यसरी महिनौँदेखि खटिइरहेका छन् कलाकार निर्मल शर्मा गैँडा ? यस्तो रहेछ भित्री रहस्य

समाचार

Sharing is caring!

राजनीतिक दल देखी जनता यतिबेला वाक्क भएका छन् ।

हरेक पटक चुनावमा मिठा कुरा गर्ने, ठुलो सपना बाँड्ने तर काम भने सिन्को समेत नभाँच्ने परिपाटी बाट वाक्क भएका जनताले ईमान्दार र स्वतन्त्र उम्मेद्धारको खोजी गरिरहेका थिए । त्यसको छनक यसपालीको स्थानीय तहको निर्वाचनमा जनताले दिईरहेका छन् । काठमाण्डौको स्वरुप फेर्न यतिबेला कम्मर कसेर चुनावी मैदानमा होमिए स्वतन्त्र पदका उम्मेद्धार बालेन्द्र शाह बालेन ।

अहिले सम्मको अवस्थामा उनलाई एकदमै राम्रो जनमत आईरहेको छ । उनलाई युवा देखी बृद्ध तथा उद्योगी देखी कलाकार सम्मको राम्रो साथ रहिरहेको छ । यसैक्रममा यसपाली बालेन पक्षमा खुलेरै देखा परे नेपालका चर्चित कलाकारहरु समेत । उनै बालेन संग कसरी जोडिए त कलाकार निर्मल शर्मा गैँडा भन्ने बिषयमा आज हामी तपाई लाई जानकारी दिदैछौ । यतिबेला निर्मल शर्मा बालेनको चुनावी कार्यक्रममा सक्रियतापुर्वक खटिई रहेका छन् ।

उनले बालेनको चुनावी कार्यक्रमलाई लक्षित गरेर खुलेर सहयोग गरेको करिब ६ महिना नै भईसकेको छ । यी दुबै जनाको बसाई एकदमै नजिक रहेको छ । उसो त दुबै जनाको साथी भाई पनि एउटै रहेका छन् । उनले भने– बालेन जी र मेरो साथी सर्कल एकै छ ।

उहाँलाई मैले सुरुमा गायकको हिसाबमा चिने पनि पछि मेयरको उम्मेद्धार बने पछि झनै नजिक बाट चिन्ने मौका पाए । उनको भिजन, सोचलाई सघाउने मनसाय बनाएर मैदानमा उत्रिएको छु । बालेनले भूकम्पको समयमा होस् या कोरोनाको महामारीको समय त्यतिबेला उत्कृष्ट कार्य गरेको निर्मल बताउँछन् ।

यी दुई परिस्थितीका बीच आफुले बालेनलाई झनै नजिक बाट चिन्ने रनियाल्ने अवसर पाएको उनी बताउँछन् । उनी बालेनको तर्फबाट पर्यवेक्षक भएर समेत ९ मतदान केन्द्रमा खटिए । त्यतिबेला मतदाताको बिचार समेत निर्मलले बुझ्न भ्याए ।

मतदान केन्द्रमा भेटिएका सबै जसो मतदाताले बालेनको पक्षमा खुलेरै प्रशंसा गर्ने गरेको निर्मलले बताए । मतदान केन्द्रमा भेटिएका अधिकांश मतदाताहरुले मेयरमा बालेन रोजेको पाए । उनले ल्याएको प्रतिबद्धताले स्थानीय युवा आकर्षित भएको निर्मलले बताए ।

यतिबेला बालेनलाई समर्थन र सहयोग गर्ने कलाकार निर्मल शर्मा मात्र हैनन् अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, निश्चल बस्नेत लगायत धेरै चर्चित कलाकारहरु समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.