काठमाडौंमा १५ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

समाचार

Sharing is caring!



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) १५ हजार बढी मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

आज (बुधबार) बिहानको ताजा मत परिणाम अनुसार शाहले १५ हजार ४ सय २ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ८८ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २ सय ९० प्राप्त गर्नुभएको छ । अहिलेसम्म ३९ हजार ५ सय २० मत गणना भइसकेको छ ।

काठमाडौं महानगरपालिकामा अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को मत गणना जारी रहेको छ ।



Leave a Reply

Your email address will not be published.