केशव स्थापितले आफ्नो वडामा लिए अग्रता, बालेन दोस्रो

समाचार

Sharing is caring!



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्|

वडा २८ को मतगणनामा उनले अग्रता लिएका हुन् ।२०० मत गन्दा स्थापितले ६० मत पाएका छन् । दोस्रोमा बालेन साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन् ।

कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम रहेका छन् । दोस्रोमा स्थापितले ९०५६ मत ल्याएका छन् भने तेस्रोमा सिर्जना सिंहले ८१२८ मत ल्याएका छन् ।



Leave a Reply

Your email address will not be published.