पोखरामा ५० हजार मतगणना हुँदा धनराजको अग्रता कायम, पछ्याउँदै कृष्ण थापा

समाचार

Sharing is caring!



काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजारभन्दा बढीको मतान्तर बनाएका छन् ।

५० हजार ११७ मत गणना हुँदा आचार्यले २० हजार ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २० हजार ​९७७ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ​९६३ मत पाएका छन् ।



Leave a Reply

Your email address will not be published.