गगन थापाको क्षेत्रमा मेयर र उपमेयर दुवैमा एमाले विजयी

समाचार

Sharing is caring!

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

सांसद समेत रहेको थापाको क्षेत्रमा पर्ने काठमाडौंको बुढानिलकण्ठ नगरपालिका एकालेका उम्मेदवार मिठाराम अधिकारी मेयरमा निर्वाचित भएका हुन् ।

बुधबार सकिएको मतगणना अनुसार अधिकारी १४ हजार २५० मत भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए ।

त्यस्तै एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३०८ राप्रपाका निना भेटवालले १ जार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत ल्याए ।

उपमेयरतर्फ पनि एमालेकै अनिता लामा निर्वाचित भएका छन् । उनले १४ हजार ३१४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए ।

त्यस्तै राप्रपाका चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याए ।

कैलालीका चार स्थानीय तहको मत परिमाण सार्वजनिक
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ ।

गोदावरी नगरपालिकामा बहुमत वडासहित नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ । नगरप्रमुखमा कांग्रेसका भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी शारदादेवी रोकाया विजयी हुनुभएको छ । उहाँले १० हजार ६७० मत ल्याउनुभयो । एकीकृत समाजवादीकी रत्ना कडायतले नौ हजार ९८३ मत प्राप्त गर्नुभयो ।

बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर कुँवरले पाँच हजार ८४२ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर कठरियाले चार हजार १८६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरीले चार हजार ५६९ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेकी इन्दुकुमारी चौधरीले चार हजार २५५ मत प्राप्त गर्नुभयो ।

चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बोगटी तीन हजार ३०५ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा एमालेकी दीपा देवी साउदले तीन हजार १२१ मत प्राप्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.