टुप्पोमा पुगेपछि धन्य भएँ जस्तो लाग्यो, त्यहाँ पुग्दा रोएँ र फर्किँदा पनि रोएँ : राजु लामा

समाचार

Sharing is caring!



काठमाडाैं । नेपालका चर्चित गायक तथा गीतकार राजु लामा सगरमाथाको सफल आरोहण गरेर फर्किसकेका छन् । उनी फर्किँदा उनलाई एयरपाेर्टमा पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो ।

उनले सगरमाथाको आरोहणमात्र नभई ७९०० मिटरमा पुगेर एकल कन्सर्टसमेत गरेर आएका छन् ।उनी भन्छन, ‘सक्दिनँ कि भन्ने डर थियो तर भगवानको कृपाले सफल भए । चुचुरोमा पुग्दा ४ बजेर ५७ मिनेट गएको थियो । त्यहाँ पुगेर आधा घण्टा बसेँ । टुप्पोमा पुगेपछि धन्य भए जस्तो महसुस भयो । अलिक भावनात्मक पनि भए । आँसु खस्यो । म त्यहाँ पुग्दा रोएँ र फर्किँदा पनि रोएँ ।’

विशेष गरेर युवाहरुलाई प्रोत्साहन होस् र जलवायु परिवर्तनले आम जनजीवनमा परेको असरबारे सबैमाझ सन्देश पुगोस् भन्ने नै आफ्नो मुख्य लक्ष्य भएको उनले बताए । गायक लामाले अघिल्लो वर्ष पनि लोबुचे शिखर चढेका थिए । सगरमाथाको आरोहण भने यो उनको पहिलो पटक हो ।

ललितपुर महानगरमा नौ वडाको गणना सकियो
ललितपुर, ५ जेठ । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी हुनुभएको छ । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ ।

वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी हुनुभएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सक्नुभएन । रविनले ८२५ मत पाउनुभएको छ भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाउनुभएको छ । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएपछि शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाउनुभएको छ ।



Leave a Reply

Your email address will not be published.