यी बाख्राका बड्कौला हीरा भन्दा अमुल्य : सबै चकित हुने सत्य, सुरुका ६ लाइन अनिवार्य पढ्नुहोस्

समाचार

Sharing is caring!

काठमाडौं । हामी कथाको हैन । यो युगको नै सबैभन्दा चमत्कारीक सत्य बताउन जाँदैछौ ।तस्बिरमा देखिएका यी बाख्राका बड्कौँलाको मुल्य हीरा भन्दा अमुल्य, जान्नुहोस् सबै चकित हुने सत्य ।तर त्यो भन्दा पहिले यो सत्यसँग नै जोडिएको आउनुहोस् कक्षा ४ को नेपाली किताबलाई याद गरौं ।

उक्त किताबको पेज नम्बर ६१ मा आफूलाई लिएर जानुहोस् । ‘बजा लौरी डाङडुङ’ भन्ने कथा सायद बिर्सनु भएको छैन । यदी बिर्सनु भएको हो भने सुन बड्कौली बाख्रा त याद गर्नुभएको होला ।कथाको सुरुवात नै दिलबहादुर आफ्नो झुपडीमा रमाएर बसेको थियो भन्नेबाट सुरु हुन्छ । त्यसमा खीरपाक ताउलीको पनि कुरा गरिएको छ ।

उक्त कथामा पात्र दिलबहादुर आफ्नो बारीमा मकै कोदो आदि लगाउँथ्यो र जेनतेन आफ्नो जीविका चलाउँने गर्थ्यो ।उज्यालो भएपछि बारीमा जान्थ्यो र अध्यारो भएपछि घर फर्किन्थ्यो । एकदिन दिलबहादुर मकै छर्न भन्दै आफ्नो बारीतिर लाग्यो । ऊ खाफूसँग भएको खाजा खानाका लागि एक ठाउँमा रोकियो ।

उसँग कोदोको रोटी, एक ढिको नुन र एक ढिँडी खुसार्नी पनि साथमा हुन्छ । दिलबहादुर दिउँसोतिर खाजा खान एउटा रुखको छायामा बस्छ । उसले रोटीको पोको फुकाएर सात भाग लगाउँछ ।त्यसपछि रोटीका टुक्राहरु गन्दै क्रमश एक खाउँ, दुई खाउँ…सातओटै खाउँ भन्छ । संयोगले त्यहाँ नजिकै एक ओडार रहेछ । ओडारमा एक राक्षस बस्दो रहेछ । त्यस राक्षसका सात सन्तानहरु रहेछन् ।

दिलबहादुरले सातओटै खाउँ भनेको सुनेर राक्षस डरायो । राक्षसले डराउँदै दिलबहादुरलाई भन्यो, ‘नखा मनुख्खे नखा, मेरा बालकहरु नखा । तलाई खीरपाक ताउली दिउला ।’ यति भन्दै राक्षसले दिलबहादुर खीरपाक ताउली दियो । दिलबहादुरले निरन्तर तीन पटक सोही ठाउँमा खाजा खान खोज्छ ।

राक्षसले सुरुमा आफैं खीर पाक्ने ताउली दियो । दोस्रो पटक सुनको बड्कौला हग्ने ‘सुन बड्कौली बाख्रा’ दियो ।तर दिलबहादुरको घरमा उसकी फुपू बस्थिन् र उनी चोरी गर्ने गर्थिन् । दिलबहादुर लिएको खीरपाक ताउली र सुन बड्कौली बाख्रा उनले चोरी गरिन् । त्यसपछि अन्तिममा राक्षसले दिलबहादुरलाई एउटा लौरी दियो । त्यो लौरीमा पनि खास शक्ति थियो ।

यसपटक दिलबहादुर डाङडुङ लौरी घरमा लिएर आयो । जस्लाई भन्यो त्यसलाई ठिक राख्न सक्ने क्षमता भएको लौरी लिएर उसले आफ्नो घरमा राख्यो । बेलुका भात खाइसकेपछि दिलबहादुर सुत्यो ।

यसपटक पनि उनकी फुपू दिबहादुरले पक्कै केहि ल्याएको हुनुपर्छ भन्दै चोरी गर्ने सुराकमा लागिन् । उनी बिस्तारै कोठामा पसेर राम्रो लौरी देखेपछि पक्कै पनि यो चमत्कारी हुनुपर्छ भन्ने ठानेर लिएर जान थाल्छिन् ।त्यसपछि मध्यरातमा चोरी भइरहेको देखेपछि दिलबहादुरको अचानक निन्द्रा खुल्यो । दिलबहादुरले बजा लौरी डाङडुङ भन्यो, लौरीले फुपुलाई कायल बनायो । त्यसपछि दिलबहादुरकी फुपूले आफूले चोरी गरेका सबै सामान फिर्ता गरिन् ।

सक्कली माल फिर्ता लिएर दिलबहादुर अब भने आनन्द सँग बस्यो । उसले खिर पाक ताउली भन्नासाथ खिरपाक ताउली भाँडामा खिर पाक्थ्यो । बाख्रीले सुनका बड्कौँला दिन्थिन् । उनको जीवन नै धन्य भयो । यो त एक कथा थियो तर सुन बड्कौली बाख्रा वास्तविक दुनियाँमा पनि भएको कुरा हामीले पत्ता लगाएका छौँ ।

हिन्दीमा दुनिया है किस्सो का मेला भन्ने एक भनाई खुबै चर्चित छ । केही त्यस्ता कुराहरु तपाईंको छिमेकमा पनि भेट्न सकिन्छ । त्यस्तै एक किस्सा आज हामीले तपाईंका लागि लिएर आएका छौँ ।मोरक्कन बाख्राको कथा । आज हामीले तपाईंका लागि लिएर आएका छौँ । ति बाख्राहरु रुख चढेका तस्विर हेर्दा, सम्पादन गरेको जस्तो देखिन्छ । तर यो सत्य हो । त्यहाँका बाख्राले रूखमा चढ्छन् । त्यसको पछाडिको कारण थाहाँ पाउँदा तपाईंको होस पक्का उड्नेछ।

उत्तर अफ्रिकामा मोरक्को भन्ने एउटा देश छ । त्यस देशमा प्रायः क्षेत्रहरू सुख्खा र बलौटे हुन्छन् । त्यो देशमा जाने पर्यटकहरू प्रायः एक प्रश्न सोध्छन् कि यी बाख्राहरूले रूखमा कसरी चढ्छन् ?

रुखमा दर्जनौं बाख्रा चढेका दृश्यहरू मोरक्कोमा सामान्यजस्तै हुन् । चरा जस्तै, बाख्रा पनि रूखको टुप्पोमा बसिरहेका हुन्छन् । ठाडो ढलानहरू र पहाडहरूमा हिड्दा हिड्दै ति बाख्राहरु रुख चढ्न सिपालु भैसक्छन् । हाम्रो गाउँ घरमा पनि बाख्रा रुख चढेको हामीले नदेखेका होईनौँ तर यसरी दर्जनौं बाख्रो त्यो पनि एउटै रुखमा सोच्नुपर्ने विषय त पक्कै हो ।

मोरक्कोमा ‘आर्गन’ नामको फलको रूख पाइन्छ । त्यसमा बाख्रा प्रायः चढ्ने गर्छन । यी बाख्राले आर्गनको फलमा रहेको बीउ खान्छन् । उनीहरुले पचाउन गाह्रो हुने भएको हुँदा पल्प खाँदैनन् ।

आर्गन तेल यसमा लुकाइएको बीउबाट बाहिर आउँछ । जुन अत्यन्तै महँगो र उपयोगी हुन्छ । जब बाख्राले यो बीउ खान्छन्, नजिकैका गाउँहरूले बाख्राको बहुमूल्य बड्कौला (दिसा) जम्मा गर्दछन् ।यसरी बाख्राको बड्कौलाबाट आर्गन तेल बनाएर उनीहरु डलर कमाउँछन् । यी बाख्राका बड्कौँला हीरा भन्दा महंगा छन् भन्दा फरक पर्दैन । किनकी आर्गन तेल विश्वकै महंगो तेल हो ।

यदि यहाँ बस्ने मानिसहरूले चाहेका हुन्थे भने उनीहरू यस फललाई सिधा रूखबाट टिपेर बीज निकाल्न सक्थे । तर उनीहरु बाख्रालाई खाना पनि दिन्छन् । त्यस्तो गर्नाले एक तिरले दुई सिकार भयो ।न त उनीहरुले फल टिप्नुपर्यो न त बाख्रालाई अलग्गै घाँस ल्याइदिनुपर्यो । बाख्राका कारण तिनीहरूको काम सजिलो भएको छ । सायद यही कारण होला गाउँलेहरू आफैंले यो फल टिप्दैनन् । बाख्रा छोडिदिने चलन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *