सगरमाथा आरोहण गरेका गायक राजु लामा रुदै फर्किए काठमाडौं, एयरपोर्टमा भव्य स्वागत (भिडियाे हेर्नुस्)

समाचार

Sharing is caring!



सगरमाथा आरोहण गरेका गायक राजु लामा रुदै फर्किए काठमाडौं, एयरपोर्टमा भव्य स्वागत (भिडियाे हेर्नुस्) । गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन् । उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए । सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए ।

‘सगरमाथाको चुचुरोमा पुग्दा मलाई यति गर्व भयो कि हामी यस्तो सुन्दर देशमा छौं। नेपालमा सबैभन्दा ठूलो र राम्रो हिमाल छ। त्यो सगरमाथामा मैले पनि पाइला टेक्ने अवसर पाएँ,’ उनले भने। ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए ।

‘मेरो उद्देश्य सगरमाथा चढ्नु मात्रै नभएर जलवायु परिवर्तनले गर्दा हाम्रो जनजीवन कष्टकर बन्दै गएको छ। त्यसलाई आफ्नो स्तरबाट कसरी सन्देश दिन सकिन्छ भनेर कन्सर्ट गरेको हुँ,’ उनले भने, ‘पहिला मैले ६ हजार पाँच सय ७४ मिटरको उचाइमा कन्सर्ट गरेको थिएँ। त्यसपछि पुनः मैले ७ हजार ९ सय मिटरमा कन्सर्ट गरेको आएँ।’ उनको उक्त कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ।

उनले आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए ।

यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्। हेर्नुस् बाँकि तलकाे भिडियाे रिपोर्टमा:-



Leave a Reply

Your email address will not be published.