आर्थिक अभावले उपचार पाएनन् अर्घाखाँचीका सेजवाल,जति सक्दो धेरै सेयर गरेर सहयोगी सम्म यो खबर पुर्युना सहयोग गर्दिनु होला

समाचार

Sharing is caring!

दिपेन्द्र खत्री – अर्घाखाँची । कुन समयमा मानिसलाई आपत आइलाग्छ त्यो कसैलाइै थाहा हुँदैन् । समाजमा सबैका असल र प्रिय रहेका प्रवेश सेजवालकाे जीवनमा अप्रत्याशित घटना भएको छ । उक्त घटनाले उनको जीवनमा सुन्दर संसारको कल्पना–कल्पनामै सिमित हुने भएको छ ।

अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका ८ (सानो चेक्मी घैयार)का  ३० वर्षिय प्रवेश सेजवाल जीवन-मरणको दोसाँधमा छन् । आफुलाई निकाे बनाउने विमारकाे औंषधी नै नभएका बताउने पीडित सेजवाल थलिएको एक वर्ष भन्दा धेरै भयो ।

आफुले ड्राईभिङ्ग पेशा गर्दै अरुकाे ज्यानकाे सुरक्षा सहित गन्तव्यसम्म पुर्याउने सेजवालले आफ्नाे जीवनमा यस्ताे हाेला भनेर कल्पना सम्म गरेका थिएनन् । गाडि साहुकाेमा छाडेर कामवाट घर फर्किदा उनी बाटाेमा चिप्लिएर लडे अनि उनी माथी  ठुलाे अप्रत्याशित घटना घट्याे । सानाे र सुन्दर परिवार भएका सेजवाल अहिले  स्पाइल इन्जरी पुनःस्थापना केन्द्र भैंसीपाटि भक्तपुरमा छन् । दिनभर मजदुरी गरेर छाक टार्ने सेजवाल परिवारलाई उपचार खर्च जुटाउनु अत्यन्तै मुस्किल भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *