बालेनले काठमाडौंको मेयर जित्ने पक्कापक्की भएपछि एमालेका चर्चित नेता नै खुसीले गदगद

समाचार

Sharing is caring!



काठमाडौँ — नेकपा एमालेका केन्द्रीय सदस्य मुख्यतः काठमाडौंका चर्चित एमाले नेता तथा पूर्वमन्त्री रामविर मानन्धर अहिले आफ्नै पार्टीका उम्मेदवार हार्दा मनैदेखि धेरै खुसी भएको विश्लेषण हुन थालिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा गलत उम्मेदवार उठाएको र आफूलाई टिकट नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका मानन्धर अहिले स्थापितले हार्दा खुसीको भएको अनुमान विश्लेषकहरुले गरेका हुन् । मान्नधरमाथि काठमाडौंमा एमाले हराउन हात धोएरै लागेको आरोप समेत लाग्दै आएको छ ।

नेकपा९एमाले०का सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मानन्धरले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजेको बताएका हुन् ।

‘पाँच वर्षसम्म जनताले के सोचे भने आफ्नो केही काम परेर वडामा जाँदाखेरी त्यहाँ ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता सबै काममा दुःख पाए सबै जनताले । अनि पार्टीका मान्छेहरुले हामीलाई दुःख दियो भन्ने एउटा जनतामा मैले सुनेको आभाष पाएँ ।

त्यसकारणले यो पार्टीमा लागेका वडा अध्यक्ष, मेयरहरुले दुःख दिएको कारणले गर्दाखेरी एकपटक हेरौँ न त पार्टीभन्दा स्वतन्त्र कस्तो हुँदोरहेछ भनेर टेस्टको रूपबाट गरेको जस्तो मलाई लाग्यो,’ मानन्धरले भने ।

मानन्धरले अगाडि भने, ‘दुई, चार जनाको भोट हो र अन्तर्घात भनेको । दुई, चार सयले हारजित भएको हो र रु त्यसकारण हजारौँ होइन लाखौँ जनताको मतलाई अन्तर्घात भनिन्छ भने अन्तर्घात स्वीकार्नुपर्छ फेरि ।’ लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टीभित्रको अन्तर्घातको कारण त्यसो भएको भन्न नमिल्ने उनले बताए ।



Leave a Reply

Your email address will not be published.