सगरमाथा चढेर आइपुगे राजु लामा,बुबा खुशी भएर नाचे,आमाको थामिएनन् आशु (भिडियो हेर्नुस्)

समाचार

Sharing is caring!



नेपाली संगीत क्षेत्रका चर्चित गायक राजु लामा यतिबेला सगरमाथा शिखरको सफल आरोहण गरेर आफ्नु गाँउ घर मा फर्किएका छन् र उनलाई आफ्नु गाउँमा भव्य रूपमा फुल माला सहित केके काटेर उनको सगरमाथाको सफल आरोहणको हर्ष उल्लास मनाइएको छ।

उनको घरमा बुबा आमा सात दिदी बहिनी अनि राजु लामा एक्लो छोरा रहेछन र उनको आमा बुबालाई पनि राजु लामाले सगरमाथा जस्तो शिखर चडेर सफल रूपमा घर फर्किएको कारण आफु हरु निकै नै खुसी रहेको कुरा मिडियालाई बताएका छन्। उनको त्यो उत्सव मनाउन राजु लामाका दिदी बहिनी हरु समेत आफ्नो माइती गाँउ पुगेका रहेछन्।

राजु लामाको आमा बुबालाई तपाईं हरूलाई कस्तो लागिरहेको छ त छोराले यसरी सगरमाथाको शिखरमा पुग्न सफल हुनु भएकोमा भनेर सोध्दा उनीहरु यसो भन्छन्,’ हामिलाई त यो निकै नै खुसी र गर्वको कुरा हो हामी त उमेर पुगिहाल्यो तर छोराले बुढेशकालमा पनि हामीलाई यो काम गरेर खुसी बनाएको छ निकै नै गर्व लाग्छ ।’

‘यो सानो गाँउमा सिस्नु मात्रै खान पाउने गाँउमा हुर्किएको हाम्रो छोरा राजु लामाले काठमाण्डौंमा गएर आफ्नु दिदी भिनाजुको घरमा बसेर मेहेनत गरेर गीत हरू गएर हामीलाई निकै नै खुसी बनाएको थियो पहिले पनि र अहिले यो काम गरेर हामी सबै गाउँलाई नैं उसले एउटा खुसीको पल दिएको छ।’

त्यस्तै राजु लामालाई यो माया सदभाव पाई रहँदा कस्तो अनुभव भइरहेको छ भनेर सोध्दा उनी यसो भन्छन्,’ भनिन्छ यो भाग्यमा जति लेखेको हुन्छ तेति नै हामीले पाउने हो सायद सगरमाथा चढ्नु मलाई लेखेको थियो होला र म चडेर सफल भएर आए पनि र मैले प्रयास गरे अनि साथी इष्टमित्रले पनि मलाई सहयोग गर्नु भयो र यो सबै खुसी सबै जनालाई बाँड्न पाएको छु।’



Leave a Reply

Your email address will not be published.